मन्त्रीमण्डल पुनर्गठनको समाचार हल्ला मात्रै : मन्त्री महासेठ
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले मन्त्रीमण्डल पुनर्गठनको समाचार हल्ला मात्रै भएको बताएका छन् ।
बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री सहासेठले मन्त्रीमण्डल फेरबदल हुने समाचार हल्ला भएको बताएका हुन् ।
‘मन्त्रिमण्डल पुनर्गठन हुन्छ भनेर यो सरकार गठन भएदेखि नै हल्ला भएको हो, यसमा कुनै सत्यता छैन, यो त सरकारलाई कमजोर बनाउनको लागि चलाईएको अफवाह हो’, महासेठले भने ।
केही समयअघि नेकपा अध्यक्ष पुष्पकलम दाहालले मन्त्रीमण्डल फेरबदल हुन सक्ने बताएका थिए ।