विदेशी च्यानलहरु २४ घन्टाका लागि बन्द

निरन्तर न्यूज
१० असार २०७६, मंगलवार ०७:०९

काठमाडौं । टेलिभिजन सेवा प्रदायकहरुले प्रस्तावित विज्ञापन ऐन २०७६ प्रति असहमति जनाउँदै विज्ञापन प्रसारण हुने विदेशी च्यानलहरु २४ घन्टाका लागि बन्द गरेका छन् ।

प्रस्तावित विज्ञापनको विरोध स्वरुप सोमबार दिउँसो ३ बजेदेखि मंगलबार दिउँसो ३ बजेसम्मका लागि विज्ञापन प्रसारण हुने विदेशी च्यानलको प्रसारण बन्द गरिएको हो । इन्टरनेट तथा डिजिटल टीभी समन्वय समिति र नेपाल केबल टेलिभिजन महासंघले संयुक्तरुपमा विदेशी च्यानलहरु बन्द गराएका हुन् ।

विज्ञापन नभएका विदेशी च्यानलको प्रसारण भने नरोकिएको महासंघले जनाएको छ ।

संसदमा पुगेको ‘प्रस्तावित विज्ञापन ऐन, २०७६’ मा विज्ञापनसहित आउने विदेशी च्यानलहरु नेपालमा प्रसारण गर्न नपाउने उल्लेख छ । नेपालमा प्रसारण हुने विदेशी च्यानलहरुमध्ये अधिकांशमा विज्ञापन रहेको छ ।

कुनैपनि विदेशी च्यानलले नेपालमा प्रसारणका लागि विज्ञापनरहित लिंक उपलब्ध गराउनुपर्ने भएकाले विज्ञापनरहित प्रसारण व्यावहारिकरुपमा लागू गर्न अप्ठ्यारो हुने टेलिभिजन सेवा प्रदायको भनाइ छ।

प्रस्तावित विज्ञापन ऐन लागू भएमा डिजिटल टेलिभिजन व्यवसाय नै धरापमा पर्ने सेवा प्रदायकको दाबी  छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*