युवा व्यवसायी श्रेष्ठद्वारा मृगौला पीडितलाई आर्थिक सहयाेग

हेटौंडा। हेटौंडाका समाजसेवी एक युवाले मृगौला पीडित राधिका ठकुरीलाई ८२ हजार नगद सहयोग गरेका छन।
हेटौंडा १ मेनरोड निवासी युवा व्यवसायी विकेश लाल श्रेष्ठले मृगौला पीडित हेटौडा-१ बस्ने ५६ बर्षीया ठकुरीलाई ८२ हजार नगद सहयोग गरेका हुन्।
विगत केहि महिना देखि एउटा मृगौलाले काम गर्न छोडेको र दाया खुट्टा काटनु पर्ने भएकाले विर अस्पतालमा उपचारको क्रममा रहेकी ठकुरीको उपचारमा सहयोग होस भन्ने उद्देश्यले आथिर्क सहयोग गरेको श्रेष्ठले बताए।
श्रेष्ठले ठकुरीको जिवन वचाउनका लागि आर्थिक संकलन गर्ने अभियान चलाएर विभिन्न सहयोगी हातहरुसंग आर्थिक रकम संकलन गरीएको बताए।
श्रेष्ठले संकलित ८२ हजार रकम ठकुरीको श्रीमान चुर्ण विक्रम ठकुरीलाई हस्तानतरण गरेका छन्।
उनले यस्तो कार्यलाई निरन्तरता दिइने भन्दै ठकुरी बचाउन अभियानमा सहयोग गर्नुहुने सम्पुर्ण धन्यवाद समेत व्यक्त गरेका छन्।