गगन थापालाई समाजवादी पार्टीका युवा नेता जेकेन्द्र श्रेष्ठको प्रश्न

निरन्तर न्यूज
८ असार २०७६, आईतवार १२:३४

काठमाडौं । समाजवादी पार्टीका युवा नेता जेकेन्द्र श्रेष्ठले नेपाली कांग्रेसका युवा नेता गगन थापालाई प्रश्न वर्षाएका छन् ।

शनिबार गोरखा पुगेका नेता थापाले डा. बाबुराम भट्टराई चुनाव जिताएकोमा क्षमापूजा गर्ने अभिव्यक्ति दिएका थिए ।

के भनेका थिए गगनले ?
– बाबुरामजी कांग्रेसको सहयोगमा जित्नुभयो । अहिले कांग्रेसकै आलोचना गर्दै हिंड्नुभएको छ । भट्टराईलाई जिताएर गल्ती गरियो, प्रायश्चित गर्दै क्षमा पूजा गर्छौं ।
– गोरखा २ मा कांग्रेस पार्टीबाट उमेद्वार नबनाएर गल्ती भएकोले पार्टीले यसबारे गम्भीर समीक्षा गर्छ ।
– कांग्रेसकै भोट पाएर चुनाव जितेको बर्षदिन नहुँदै कांग्रेसलाई संग्रहालयमा राख्नुपर्छ भन्ने ? अब आउने चुनावमा हिसाबकिताब गरिन्छ ।
– कांग्रेसप्रति कृतज्ञ भएर व्यवहार गर्नुपर्नेमा भट्टराईले उल्टो गाली गर्दै हिंड्नुभयो ।
– बाबुराम जत्तिको नेता संसदमा चाहिन्छ भनेरै मलगायत नेताले तपाईंहरुसँग हात जोडेर भोट मागियो । चुनाव जितेपछि हिजो भोट दिएर जिताउने कांग्रेसलाई म्युजियममा राख्नुपर्छ भन्ने ? धेरै तीतो नबोलौं, फेरि चुनाव आउँछ । त्यतिबेला यहाँ बाबुरामलाई बोलाऔं । हिसाबकिताब गरौं । अनि क्षमा पूजा गरेर यहाँबाट कांग्रेसले पठाइदिनेछ ।

गत महिना समाजवादी पार्टी नेपालले पोखरामा गरेको भेलामा भट्टराईले कांग्रेसलाई म्युजियममा राख्नुपर्ने अभिव्यक्ति दिएका थिए ।

समाजवादी पार्टीका युवा नेता श्रेष्ठले गगन थापालाई उनको अभिव्यक्तिमा केन्द्रित हुँदै केही प्रश्नहरु गरेका छन्-

१. चुनाबी तालमेलको अर्थ यो होइन कि जीवनभर तालमेल गरेको पार्टीको भक्ति गर्नुपर्छ । सबै कुरा मिलेको भए त एउटै पार्टी भइहाल्थ्यो नि । एउटा चुनाव क्षेत्रको बदलामा काँग्रेसलाई नयाँ शक्तिले कति ठाउँमा सघायो हिसाबकिताब छ तपाईँसँग ?

२. काँग्रेसलाई कसैले केही भन्नै नहुने तपाईँलाई लाग्छ भने तपाईँ आफै काँग्रेसको असंगतिका विरुद्ध बेलाबेलामा किन बोलिराख्नुहुन्छ ? काँग्रेसको इतिहासको सम्मान गर्नुपर्छ तर यही अवस्थाको काँग्रेसबाट मुलुकले निकास पाउँदैन भन्दा कसरी ‘गुन’ बिर्सेको भयो ? के तपाईँलाई ‘काँग्रेस ठीकठाक छ’ भन्ने लागेको छ ? कि पालुङ्टार नै पुगेपछि केही न केही मसला त छर्नैपर्‍यो भन्ने हो ?

३. ठीक छ, चुनाबी तालमेल गरेको पार्टी एक कार्यकाल मित्रवत् रूपमा जाऔँ भन्ने हो भने आउनुस् । तर नयाँ शक्तिबाट निर्वाचित ‘प्रदेश सांसद चोर्न’ पार्टी सभापति सहित हेलिकोप्टरमा गटुङ्टुङ् किन रसुवा पुग्नुभो ? र प्रदेश सांसद लगायत कोही नआएपछि जिल्ल पर्दै साँस्कृतिक कार्यक्रम हेरेर फर्केको हिजो अस्ति होइन ? अझ रसुवाका नयाँ शक्ति संयोजक दावा तामाङ्ग हो भन्ने जगजाहेर हुँदाहुँदै एक जना शिखण्डी खडा गरी रसुवाको संयोजक काँग्रेस प्रवेश भनी किन प्रचार गराउनुभो ? साझापाेष्टबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*