इश्वर पोखरेलप्रति पूर्वमाओवादी समूह ससंकित
काठमाडौं, ७ असार । गत वर्ष ३ जेठमा एकीकरण सम्पन्न भएलगत्तै असार पहिलो साता बसेको स्थायी समिति बैठकले मूल राजनीतिक प्रतिवेदन पारित गर्दै भाषिक शुद्धाशुद्धि मिलाएर प्रकाशन गर्ने गरी दुई अध्यक्षलाई जिम्मेवारी दिए पनि जारी नभएपछि नेकपाभित्र अन्योल देखिएको थियो ।
लामो समयसम्म दस्ताबेज प्रकाशन नहुनुमा अध्यक्ष ओली तत्कालीन माओवादीले सञ्चालन गरेको जनयुद्ध शब्द र भूमिकाबारे असहमत रहेको पूर्वमाओवादी समूहले आशंका गर्दै आएको छ ।
ओलीकै बुझाइ र असहमतिअनुसार पोखरेलले जबज नै पार्टीको कार्यनीति रहेको भन्दै बहस सुरु गरेको भनी पूर्वमाओवादी समूहले आपत्ति जनाउँदै आएको छ ।
पोखरेलको घोषणापछि अध्यक्ष प्रचण्डले पार्टीको अन्तरिम कार्यदिशा जनताको जनवाद नै रहेको भन्दै नयाँ परिवेशमा अबको कार्यनीति समाजवादउन्मुख हुने बताउँदै आएका छन् । नयाँ पत्रिका दैनिकमा शुरोजङ्ग पाण्डेले खबर लेखेका छन् ।