६ बर्षिय बालिकाकाे बोन म्यारो ट्रान्सप्लान्टका लागि सहयाेग

हेटाैंडा। कपिलवस्तु तौलिहवाकी ६ बर्षिय बालिकाकाे बोन म्यारो ट्रान्सप्लान्टका लागि माल्दिव्समा रहेका नेपालीहरूले सहयाेग गरेका छन् ।
माल्दिब्सकाे मालेमा रहेकाे एडिके हस्पिटलमा कार्यरत चिकित्सकहरू सहित हेटाैंडा उपमहानगरपालिका २ निवासी राजकुमार शर्मा ढाेडारीले रकम संकलन गरि सहयाेग गरेका हुन् । संकलन गरिएकाे २७ हजार रूपैया पिडित ग्रीष्मा खनालका पिता श्रीधरकाे खातामा जम्मा गरिएकाे नेपालमा रहेका राजकुमारले जानकारी दिए ।
आफुहरुले सहयोग गरेको थोरै रकमले बालिकाको उपचारमा सुधार आउन अभिभावकलाई टेवा पुग्ने विश्वास लिएको राजकुमारले बताए । हामीले जस्तै सबै सहयोगी मनहरुले सक्ने सहयोग गर्न सके ६ वर्षिया बालिकालाई नयाँ जीवन दिन सकिने विश्वास रहेको बताए ।
हाल तौलिहवा बस्दै गरेकी कपिलवस्तु बुद्धभुमि नगरपालिका-३ टाँकु निवासी श्रीधर खनाल र रेखा अधिकारीकी ६ बर्षिय छोरी ग्रीष्मा खनाललाई बोन म्यारो ट्रान्सप्लान्ट गर्नु परेको हो ।
जन्मेको ३ महिना देखि नै आफ्नो शरीरमा रगत नबन्दा अरुको रगतको सहारामा बाचेकी ग्रीष्मालाई हरेक महिना एक पाउण्ड रगत दिने गरिएको छ ।
नेपालसहित भारतका बिभिन्न अस्पतालमा उनको उपचारका क्रममा डाक्टरहरुले बोन म्यारो ट्रान्सप्लान्ट गरेमा मात्र ठीक हुने भनेकाले उपचारमा करिब ५० लाख खर्च लाग्ने डाक्टरहरुले बताएका छन् । ५० लाख खर्च गर्ने आर्थिक अवस्था नभएकोले ग्रीष्माका आमा बुबाले उनलाई बचाउन सबैसँग सहयोगको अपिल गरेका छन् ।
सहयोगको लागि यस फोन नम्बरमा सम्पर्क गर्न या निम्न बैंक खातामा रकम जम्मा गरिदिनुहुन अनुरोध छ ।
सम्पर्क फोन : ९८४५१०८७२७ (श्रीधर खनाल), ९८४७२४४५३४ (रेखा अधिकारी)
रकम सहयोगको खाता विवरण :
रेखा अधिकारी
एभरेष्ट बैंक : ०३८००५१६२०१९८४ ( तौलिहवा शाखा)
श्रीधर खनाल
एभरेष्ट बैंक : ०३८००५१६२००६३८ ( तौलिहवा शाखा)