‘लगातार बढ्दै गर्मी, आधाभन्दा धेरै संसार हुनेछ शिकार’

काठमाडौं, ५ असार । प्रचण्ड गर्मी र लूको प्रकोप छिमेकी भारतका साथसाथै संसारका धेरै भूभागमा बढिरहेको छ । भारतको बिहारमा मात्र लू लागेर पछिल्लो केही दिनमा १५० भन्दा धेरै मानिसको मृत्यू भइसकेको छ । त्यहाँ धेरै मानिसहरु असामान्य जीवन बाँचिरहेका छन् ।
यिनै सवालहरुसँग जोडिएको केही रिपोर्टहरु सार्वजनिक भइरहेका छन् जसमा यदि विश्व तापमान वृद्धिलाई नियन्त्रण गर्न सकिएन भने गर्मी यसरी बढिरहनेछ, जसबाट संसारका धेरै शहरहरुमा हजारौं मानिसहरुको मृत्यू हुने उल्लेख गरिएको छ ।
पृथ्वीको आधाभन्दा बढी भूभागमा समस्या
ग्लोबल वार्मिङसँग जोडिएको एक रिपोर्ट अष्ट्रेलियाको मौसम वैज्ञानिकहरुले तयार गरेका छन् । उनीहरुका अनुसार कार्बन ग्यासको उत्सर्जन कम भएन भने तापक्रम बढी रहन्छ र वर्षहरु बढ्दैजाँदा विकराल अवस्था सिर्जना हुँदैजान्छ ।
रिपोर्टमा भनिएको छ,’यसरी बढिरहेको तापमानको असर संसारको ५८ प्रतिशत भागमा पर्छ र लगातार गर्मीका नयाँ रेकर्डहरु बन्दै जानेछन् । आकाशबाट तापको वर्षाबाट सबैभन्दा बढी नोक्सान पिछडिएका देशहरुलाई पर्नेछ । वैज्ञानिकहरुलाई मान्ने हो भने यस्तो विकराल अवस्था यो शताब्दीको अन्तिमतिरबाट सुरु हुनेछ ।
स्मरणीय छ, यसअघि पनि यस्तै एउटा रिपोर्ट आएको थियो । उक्त रिपोरु्टमा यदि ग्लोबल वार्मिङ वा क्लाइमेट चेञ्जविरुद्ध कुनै ठोस पहलकदमी नलिने हो भने अमेरिकी शहरहरुमा हजारौं मानिसहरु मर्न सक्छन् । यस्तो रिपोर्ट युनाइटेड किङ्डम्को ब्रिस्टल युनिभर्सिटीका शोधकर्ताको अनुसन्धानपछि सार्वजनिक भएको थियो ।
दुवै रिपोर्टहरुमा ग्रीन हाउस ग्यासको उत्सर्जनमा नियन्त्रण गर्नुपर्ने सुझाव दिइएको छ । ग्रीन हाउस ग्यासहरुमा कार्बन डाइअक्साइड, मिथेन, नाइट्रस अक्साइड, सल्फर हेक्साफ्लोराइड, नाइट्रोजन ट्राइफ्लोराइड आदि ग्यास पर्छन् ।
यस्ता ग्यासहरुको उत्सर्जन पृथ्वीका लागि खतरनाक सावित हुँदैछन् । रिपोर्टमा पेरिस सम्झौताबारे पनि उल्लेख गरिएको छ । यसलाई डिसेम्बर २०१६ मा अन्तिम रुप दिइएको थियो । यससँग जोडिएका देशहरुले उक्त सम्झौतालाई लागू गर्नुपर्छ । यसबाट विश्वको तापमानमा वृद्धि औसत २ डिग्रीभन्दा नहोस् भनेर उल्लेख हो
पेरिस सम्झौतामा एउटा प्रावधान छ, जसमा धनी देशले जैविक इन्धनको अत्यधिक प्रयोग गर्छन्, त्यसकारण उनीहरुले यसको बदलामा गरिब र विकासशील देशहरुलाई सहयोग गर्नुपर्छ । साझापाेष्टबाट