गुठी विधेयक खारेजीको माग राख्दै राजधानीमा विशाल प्रदर्शन
निरन्तर न्यूज
४ असार २०७६, बुधबार १६:०१
काठमाडौं । सरकारले गुठी विधेयक मंगलबार फिर्ता लिए पनि खारेजीको माग राख्दै राजधानीमा विशाल जनप्रदर्शन भएको छ ।
बुधबार बसन्तपुर, कुपण्डोल, बानेश्वर, पाटनलगायतका क्षेत्रबाट निस्केकाे विशाल जुलुस माइतीघर मण्डलामा केन्द्रीत भएको छ ।
जुलुसमा सहभागिहरुले सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्को नाराबाजी लगाएका छन् ।