सरकारले गुठी विधेयक फिर्ता लियो
निरन्तर न्यूज
३ असार २०७६, मंगलवार १७:५३
काठमाडौं । व्यापक विरोध र चौतर्फी दबाव बढेपछि सरकारले गुठी विधेयक फिर्ता लिएको छ । मंगलबार एक पत्रकार सम्मेलन गर्दै भूमिव्यवस्थामन्त्री पद्मा अर्यालले विधेयक फिर्ता लिने निर्णय भएको जानकारी गराइन् ।
राष्ट्रियसभामा दर्ता भएको उक्त विधेयकमा गुठी मास्ने प्रावधानहरु रहेको भन्दै चौतर्फी विरोध भएपछि सरकार पछि हटेको हो ।