संसदमा काँग्रेसको अवरोधपछि प्रधानमन्त्रीको साँझ पत्रकार सम्मेलन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार साँझ पत्रकार सम्मेलन गर्ने भएका छन् । आजको संसदमा बोल्न रोस्टम पुगेका प्रधानमन्त्री ओली विरुद्ध काँग्रेस संसदहरुले नारावाजीका साथ अवरोध गरेपछि संसदको बैठक बुधबार ११ बजे सम्मको लागि सरेको छ ।
यसै बीचमा प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्न नपाएपछि साँझ ५ बजे पत्रकार सम्मेलन गर्ने तयारी गरेको बुझिएको छ ।
प्रधानमन्त्री ओलीले आफ्नो यूरोप भ्रमण लगातयका विषय सहित ग’ठी विधेयकका बारेमा समेत संसदमा जानकारी गराउन उपस्थित भएका थिए ।
प्रधानमन्त्री ओलीले यसरी संसदमा काँग्रेसको अवरोधले गर्दा समग्र विषयमा जानकारी गराउन नपाएको भन्दै दुःख व्यक्त गरेका छन् ।