भूमेमा ५२ किलोमिटर लामो गुरिल्ला ट्रेल दौडको विजेता पुरस्कृत

रुकुमपूर्व । भूमे गाउँपालिकामा गुरिल्ला ट्रेल दौड समापन गरिएको छ । रुकुमपूर्व र रोल्पा जिल्लालाई समेटेर गुरिल्ला हिँडेको बाटोमा खेलाडीलाई दौडाएको हो । ५२ किलोमिटर लामो दौड रहेको भूमे गाउँपालिका–६ को महतबाट सुरु गरिएकोमा रोल्पाको थवाङ हुँदै जलजला पुगेर फेरि थवाङबाट रुकुमपूर्व भूमेको मारिङ लेक, लकुम, काँक्री हुँदै खावाङ बगरस्थित भूमे गाउँपालिकामा आएर सकिएको हो । एउटै रुट र उही दूरीमा महिला र पुरुषका दौड प्रतियोगिता गरिएको थियो ।
उक्त गुरिल्ला ट्रेल दौडमा महिला पुरुष गरी ४८ जनाको प्रतिस्पर्धा रहेको थियो । जसमा पुरुष तर्फ रुकुम पश्चिम साखका दुर्गाराज बुढाले ६ घण्टा १५ मिनेट १५ सेकेण्डमा दूरी पार गरेर पहिलो स्थान हासिल गरे । त्यसैगरी सोलुखुम्बुका सुमन कुलुङले ६ घण्टा २८ मिनेट २९ सेकेण्डमा दूरी पार गरी द्वितीय स्थान, रुकुमपूर्व सिस्ने ४ अम्लाचौरका मुहान केसीले ६ घण्टा ४९ मिनेट ४ सेकेण्ड दूरी पार गरेर तृतीय स्थान हासिल गरेका छन् । चौथो स्थान भूमे ३ क्याङ्सीका शक्ति रोका मगर, पाँचौमा भूमेका विशाल बुढा र छैटौमा भूमे २ गाबाङका बालकुमार बुढा मगर रहेका छन् । त्यसैगरी महिला तर्फ प्युठानकी हुमी बुढा मगरले ७ घण्टा १८ मिनेट ३५ सेकेण्डमा दूरी पार गरेर पहिलो भए । धादिङकी रशिला तामाङले ७ घण्टा २० मिनेट ३५ सेकेण्ड दूरी पार गरी द्वितीय स्थान, भोजपुरकी अनिता राईले ७ घण्टा २५ मिनेट २९ सेकेण्डमा दूरी पार गरी तृतीय स्थान हासिल गरेका हुन् ।
पुरस्कार राशी महिला पुरुष समान रहेको छ पहिलो, द्वितीय, तृतीय, चौथो र पाँचौ हुनेले क्रमश ः ५० हजार, ३५ हजार, २५ हजार, १५ हजार र १० हजार रुपैयाँको पुरस्कार रहेको थियो । छैटौ देखि दशौ सम्मका लागि २ हजार रुपैयाँ रहेकोमा पहिलो द्वितीय र तृतीय स्थानकालाई ट्रफी, मेडल व्यवस्था रहेकोमा सम्पूर्ण सहभागिलाई प्रमाण पत्र प्रदान गरिएको गुरिल्ला टे«लका अभियान्ता सुनिल कुमार रोकाले जानकारी दिए ।
पुरस्कार वितरण कार्यक्रममा रुकुमपूर्वका जिल्ला समन्वय समितिका प्रमुख गजेन्द्र बहादुर ओली, भूमे गाउँपालिकाका अध्यक्ष रामसुर बुढा मगर, प्रजिअ मित्रलाल शर्मा त्यसैगरी रोल्पा थबाङ गाउँपालिकाका अध्यक्ष बिरबहादुर घर्ती मगर, सिस्ने गाउँपालिकाका अध्यक्ष कुमारी बराल, पुथा उत्तरगंगा गाउँपालिकाका उपाध्यक्ष ओमकुमारी मल्ल लगाएत सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिबाट पुरस्कार वितरण गरिएको थियो ।
दौडमा रुकुम पश्चिम, भोजपुर, रसुवा, लमजुङ, ओखलढुङ्गा, धादिङ र प्युठान जिल्लाबाट सहभागि थिए । भूमे गाउँपालिकाले अघिल्लो वर्षबाट सुरु गरेको गुरिल्ला टे«ल दौड पर्यटनको प्रवद्र्धन, प्रचारप्रसार र विस्तार गर्ने भन्दै भूमे गाउँपालिकाले गुरिल्ला ट्रेल दौड अब देखि निरन्त गरिने पालिकाका अध्यक्ष रामसुर बुढा मगरले बताए । ‘दौडाएको क्षेत्रमा जनयुद्धका क्रममा धेरै गुरिल्ला हिँडेका हुन्’ उनले भने, ‘सोही बाटोमा दौडाएर प्रचारप्रसार गरेर युद्ध पर्यटनको प्रवद्र्धन गर्न खोजिएको हो ।’
अगिल्लो वर्ष देखि गाउँपालिकाले गुरिल्ला टे«ल दौड गरेको हो । अगिल्लो वर्षमा २७ किलोमिटर डौड गरिएको थियो । यसको प्रवद्र्धनमा म्याराथन विश्व अल्ट्रा धाविका मीरा राई आएकी थिइन् । तत्कालिन माओवादीले २०५२ सालदेखि सुरू गरेको १० वर्षे सशस्त्र युद्वमा ‘गुरिल्ला’ लडाकु हिँडेको रोल्पा, रूकुम, बाग्लुङ र म्याग्दीमा पर्ने गोरेटो बाटोलाई केही वर्ष अगाडि सरकारले ‘गुरिल्ला पदमार्ग’ को रूपमा एक्सप्लोर गरेको थियो । गुरिल्ला पदमार्गको पर्यटन प्रवद्र्धन गर्नका लागि म्याराथनको आयोजना गरिएको गाउँपालिकाले जनाएको छ । भूमे गाउँपालिकाले गुरिल्ला पदर्माग समेत निर्माण कार्य गरिराखेको छ ।