भारतविरुद्ध विश्वकपमा पाकिस्तानको सातौं हार

काठमाडौँ। आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानलाई डीएल पद्दतिको आधारमा ८९ रनले पराजित गरेको छ । विश्वकपमा यो भारतको लगातार तेस्रो जित हो ।
टर हारेर व्याटिङ गरेको भारतले पाकिस्तानलाई ३ सय ३७ रनको लक्ष्य दिएको थियो । तर, पाकिस्तानले जवाफी ब्याटिङ गतिलो गर्न सकेन । खेल वर्षाले प्रभावित बनेको थियो ।
डीएल पद्दतिको आधारमा पाकिस्तानले ३ सय २ रनको नयाँ लक्ष्य पाए पनि ४० ओभर खेल्दै ६ विकेट गुमाएर २१२ रन मात्र बनायो ।
झुर व्याटिङ गरेको पाकिस्तानले ३५ ओभरमा ६ विकेट गुमाएर १६६ रन बनाएको थियो ।
पाकिस्तानका लागि फकर जमानले ६२ रन, बाबर आजमले ४८, इमाद वासिमले ४६ रन, शादब खान २० रन जोडे ।
भारतका विजय शंकर, हार्दिक पाण्डया र कुलदिप यादवले दुर्इदुई विकेट लिए ।
भारतका लागि रोहित शर्माले १ सय ४० रन जोडे । लोकेश राहुलले ५७ रन, विराट कोहलीले ७७ रन, हार्दिक पाण्ड्या २६, महेन्द्र सिंह धोनी १ रन, विजय शंकर १५ र केदार जादव ९ रन जोडे ।
पाकिस्तानका मोहमद आमिरले तीन विकेट हात पारे । हसन अलि र वहाव रियाजले एकएक विकेट लिए ।
भारतले ४ खेलबाट ७ अंक जोडेको छ ।
पाकिस्तानको यो तेस्रो हार हो । पाकिस्तानले ५ खेलमा ३ अंक जोडेको छ ।
भारतविरुद्ध विश्वकपमा पाकिस्तानको यो सातौं हार हो ।