प्रदेश ३ सरकारमा ४७ अर्ब ६० करोड रुपैयाँको बजेट

हेटौंडा । आगामी आर्थिक वर्षका लागि प्रदेश ३ सरकारले ४७ अर्ब ६० करोड ७८ लाख ८६ हजार रुपैयाँको बजेट ल्याएको छ । नारैनाराले समेटिएको बजेटमध्ये चालु खर्चतर्फ २४ अर्ब ४६ करोड ७९ लाख ९० हजार अर्थात् ५१.३९ प्रतिशत बजेट छुट्टएिको छ ।
नियोजित बजेटमा पुँजीगततर्फ २२ अर्ब ८३ करोड ९८ लाख ९६ हजार अर्थात ४७.९८ प्रतिशत बजेट विनियोजन गरिएको छ ।
प्रदेश अर्थमन्त्री कैलाश ढुंगेलले प्रदेशसभामा प्रस्तुत गरेको बजेटमा वित्तीय व्यवस्थापनतर्फ ३० करोड अर्थात् ०.६३ प्रतिशत रकम प्रदेश ३ सरकारले विनियोजन गरेको छ ।
यस्तो छ बजेटमा समावेश गरिएका नाराहरु-
-निरक्षरतामुक्त प्रदेश तीन, पूर्ण साक्षर भएको उज्यालो दिन ।
-प्रदेश ३ को ईच्छा, छोरी बुहारीलाई उच्च शिक्षा
-प्रदेश तीनको सरोकार, महिलालाई सामाजिक र आर्थिक अधिकार
-प्रदेश र स्थानीय तहको एउटै सन्देश, वालविवाहमुक्त हाम्रो प्रदेश
-राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद
-एक स्थानीय तह, एक विशेष उत्पादन
-वातावरण संरक्षणमा हाम्रो अभिभारा, पृथ्वी हाम्रो सहारा
-पर्यटन क्षेत्रको विस्तार, प्रदेश समृद्धिको आधार
-एक निर्वाचन क्षेत्र, एक औद्योगिक ग्राम
-एक घर, एक धारा
-प्रदेश सरकारको पहिचान, निःशुल्क कानूनी जनसहायता अभियान
-वित्तीय साक्षरताको आधार, बैंकिङ प्रणालीमार्फत् सबै कारोबार
-प्रदेश सरकारको भावना, जिम्मेवार नागरिकको कामना
-एक नेपाली, एक फलफूल विरुवा रोपण
-एक समूह, एक वन उद्यम कार्यक्रम