नेपाल टेलिकमले ल्यायो विभिन्न प्याकेज सहितको आकर्षक अफर

काठमाडौं । नेपाल टेलिकमले ग्राहकको सुविधाका लागि विभिन्न प्याकेज सहितको आकर्षक अफर उपलब्ध गराएको छ ।
नेपाल टेलिकमले आइतवारबाट तीन वटा अफर ल्याएको हो । जसअन्तर्गत डाटा प्याक, भ्वाइस प्याक र एडिसनल अफर रहेका छन् ।
वान डे डाटा प्याक अन्तर्गत ग्राहकले ९ रुपैयाँमा ५५ एमबी डाटा लिन सक्नेछन् । जसको समयावधि बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म हुने टेलिकमले जनाएको छ ।
वान जीबी पर डे डाटा प्याक र अनलिमिटेड वान आवर डाटा प्याक पनि टेलिकमले ल्याएको छ ।
४५ रुपैयाँमा एक जीबी डाटा एक दिनका लागि लिन सकिनेछ । त्यसका लागि इच्छुक ग्राहकले 1D1G टाइप गरी १४१५ मा एसएमएस गर्नु पर्नेछ ।
टेलिकमका यी अफरहरू सबै जीएसएम र सीडीएमएमा उपल्बध हुनेछ ।
टेलिकमले भ्वाइस प्याक अफर पनि सार्वजनिक गरेको छ । टेलिकमले वान डे, अल टाइम, अनलिमिटेड नाइट भ्वाइस, नाइट भ्वाइस र इन्डिया कल अफर ल्याएको हो ।