पत्रकार गिरिजा अधिकारीको ‘ए सरकार २’  बजारमा

निरन्तर न्यूज
३२ जेष्ठ २०७६, शनिबार १०:४६

हेटाैँडा ।  पत्रकार गिरिजा अधिकारीको ‘ए सरकार २’  बजारमा आएकाे छ ।  ‘ए सरकार’ नामक गीतले उत्कृष्ठ सफलता प्राप्त गरेपछि ‘ए सरकार २ ’  तयार पारिएको हो । भीमफेदी गाईजको आधिकारीक यूटुब च्यानलबाट सो भिडियो आज सार्वजनिक गरिएको छ ।

उच्च शिक्षा हासिल गरेर दक्ष भइसक्दा पनि नेपाली युवाले बेरोजगार भई विदेशीनुपर्ने बाध्यता, नागरिकलाई हातमुख जोड्न कठिन भएको अवस्था, समाजमा भएका बेतिथि  लगायतका विषयबारे गीत ‘ए सरकार २ ’ मा चर्चा गरिएकाे छ ।

अधिकारीको शब्द रहेको गीतहरु यसअघि पनि सार्वजनिक भइसकेका छन् । उनको मेरी सानीले, धरोधर्म लगायतका गीतहरुमा क्रमशः रुपक डोटेल र रामचन्द्र काफ्लेले आवाज दिएका छन् ।

उनको चर्चित ‘ ए सरकार’ नामक गीतमा पुष्पन प्रधानले आवाज दिएका छन् भने आज रिलिज भएको ‘ ए सरकार २ ’ मा गायक देवेन्द्र कार्कीले आवाज दिएका छन् । अधिकारीको शब्दमा विकास पाण्डेले संगीत भरेका हुन् । रिकेश गुरुङ ‘कि’ को एरेन्ज मिक्सिङ रहेको गीतमा चर्चित डान्स क्रियू ‘भिमफेदी गाईज’ को फिचरिङ रहेको छ । निर्मल लामा बिजीको निर्देशनमा उक्त म्यूजिक भिडियो बनेको हो ।

हेर्नुहोस् भिडियो :

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*