भोलि देखि कोपा अमेरिका कप

काठमाडौँ । भोलि देखि कोपा अमेरिका कप सुरु हुँदैछ । १६ वटा देशहरुको सहभागिता रहेको यो कपको आयोजक ब्राजिल हो । यस वर्ष कोपा अमेरिका कपमा कतारले पनि सहभागिता जनाउनेछ ।
कोपा अमेरिकामा पहिलो पटक अरब देशले सहभागिता जनाएको यो पहिलो पटक हो । त्यस्तै जापानले सन् १९९९ पछि पहिलो पटक यो कपमा सहभागिता जनाउँदैछ ।
यो प्रतिस्पर्धाका लागि पहिलो पटक उत्तर अमेरिकन क्षेत्रका देशहरु बोलाइएको छैन ।
सन् १९९३ देखि यस कपमा सहभागिता जनाउँदै आएको मेक्सिको पहिलोपटक यस वर्ष सम्मिलित छैन ।
पहिलो दिनको खेलमा ब्राजिलले बोलिभियासँग आमने सामने गर्दैछ ।
सन् २०१५ र सन् २०१६ मा भएको कोपा अमेरिका कपको उपाधि चिलीले जितेको थियो । दुवैपटक अर्जेन्टिना चुकेको थियो ।