कोलमा आजदेखी स्वास्थ्य शिविर, ५ नम्बर प्रदेश मन्त्री बरालले उद्घाटन गर्ने

रुकुमपूर्व ।रुकुमपूर्व पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर १२ कोलम आज स्वास्थ्य शिविर हुँदै छ । प्रदेश स्वास्थ्य निर्देशनालय रुपन्देही र स्वास्थ्य कार्यालय रुकुमपूर्वले आयोजना गरेको हो । उक्त स्वास्थ्य शिविरको उद्घाटन ५ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले गर्ने आयोजकले जनाएको छ ।
आज एक दिन मात्र सञ्चालन हुने स्वास्थ्य शिविर प्राथामिक स्वास्थ्य केन्द्र कोलमा अहिले ८ बजे देखि साझ ५ बजे सम्म हुँदै छ । प्रदेश स्तरीय स्वास्थ्य शिविर आयोजना गरिएको स्वास्थ्य कार्यालय रुकुमपूर्वका प्रमुख शिव सार्कीले जानकारी दिए । उनका अनुसार प्रदेश स्वास्थ्य निर्देशनालयका छाला र बाल रोग विशेषज्ञ डाक्टरबाट र प्राथामिक स्वास्थ्य केन्द्रका डाक्टरबाट भिडियो एक्सरे, पाठेघर, जनरल तथा सामान्य रोगका उपचार पाउने छन् ।
विकत ठाउँमा प्रदेश स्तरीय स्वास्थ्य शिविर पाउने भएका हुन् । खासगरि स्वास्थ्य परिक्षण गर्ने र उक्त एक दिने परिक्षणबाट आएको समस्याका आधारमा आगामी दिनमा थप स्वास्थ्य शिविर आयोजना गरिने प्रदेश सभाका सदस्या तेजबहादुर ओलीले जानकारी दिए ।
आज मन्त्री बरालसँगै ५ नम्वर प्रदेश सभाका सदस्य तेजबहादुर ओली, जिल्ला समन्वय समितिका प्रमुख गजेन्द्रबहादुर ओली नेकपाका जिल्ला सदस्य भिउमान घर्ती लगाएतको उद्घाटन कार्यक्रममा उपस्थिती रहने बताइएको छ ।