पुनर्निर्माण कार्यमा ८२ प्रतिशत उलपब्धि हासिल : सिइओ ज्ञवाली

निरन्तर न्यूज
२९ जेष्ठ २०७६, बुधबार १८:२६

काठमाडौं । राष्ट्रियष पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण कार्यमा ८२ प्रतिशत उलपब्धि हासिल भएको दाबी गरेको छ ।

संघीय संसदको दीगो विकास तथा सुशासन समितिको बैठकमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सिइओ सुशील ज्ञवालीले समग्रमा ८२ प्रतिशत उपलब्धी हासिल भएको बताएका हुन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार भूकम्पबाट क्षति भएकामध्ये ४ लाख ५ सय ९५ घरको पुनर्निर्माण कार्य सम्पन्न भइसकेको छ। निजी आवास पुनर्निर्माणका लागि अनुदान सम्झौता गरेका लाभग्राहीमध्ये ५२ प्रतिशतले पुनर्निर्माण कार्य सम्पन्न गरेको र २ लाख २८ हजार ८ सय ८५ घर बन्दै गरेको प्राधिकरणको भनाइ छ । यसरी हेर्दा ८२ प्रतिशत उपलब्धी हासिल भएको देखिने प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बताएका हुन् ।

प्राधिकरणका अनुसार हालसम्म निजी आवास पुनर्निर्माणका लागि ७ लाख ६७ हजार २ सय ४८ लाभग्राहीले अनुदान सम्झौता गरेका छन् । अनुदान सम्झौता गरेकामध्ये ९९ प्रतिशतले प्रथम किस्ता लिएका छन् । त्यस्तै ७६ प्रतिशतलाई दोस्रो र ५७ प्रतिशतलाई तेस्रो किस्ता भुक्तान गरिसकिएको प्राधिकरणको दाबी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*