सिंहलाई घरमा पालेर सिंहसँग दैनिक मर्निङ वाक

निरन्तर न्यूज
२९ जेष्ठ २०७६, बुधबार १२:४८

एजेन्सी । पाकिस्तानको मुल्तानमा बस्ने जुल्केफ चौधरीले सिंहलाई घरमा पालेर दैनिक उक्त सिंहसँग मर्निङ वाकमा निस्कन्छन् र राती सँगै सुत्छन् ।

बब्बर नाामको सिंहका कारण जुल्केफको परिवारलाई कुनै समस्या नभएको उनी बताउँछन् । उनका अनुसार उनका दुई वर्षका छोरा पनि बब्बरसँग निकै मज्जाले खेल्छन् ।

जुल्फेकले प्रशासनबाट अनसमति लिएर सिंहलाई घरमा राखेको जुल्फेक बताउँछन् ।

मासिक २ लाख सिंहको पालन पोषणमा खर्च हुने बब्बरलाई ३ लाखमा खरिद गरेको जुल्फेकले बताए ।

बब्बर दुई महिनाको हुँदादेखि आफूले पालेको उनले बताए । बब्बर करिब ६ महिनादेखि उनको परिवारमा एक सदस्यको रुपमा बसिरहेको छ । उनी बब्बरलाई कुकुर झैं इमान्दार र मायालु बनाएर मात्रै मर्ने इच्छा राख्छन् ।

सिंह पालेको चर्चित भएको जुल्फेक चौधरीले बताएका छन । जुल्फेकका अनुसार सिंहलाई घरमा ल्याएपछि उनी टाढा टाढासम्म चर्चित भएका थिए । वरिपरिका बासिन्दा सिंहसँग सेल्फी लिनका लागि उनको घर आउने गरेको पनि उनले बताए । बब्बरलाई राख्नका लागि उनले छुट्टै स्थान बनाएको जानकारी दिए । उनले बब्बरका लागि छुट्टै बेडरुम पनि बनाएका छन् जसमा एसी पनि राखिएको छ ।

जुल्फेकले भने, ‘मलाई सधैं सिंहसँग लगाव थियो । बब्बरको हेरविचारका लागि मलाई कसैको पनि मद्दतको आवश्यकता पर्दैन । मलाई राम्रोसँग थाहा छ कि उसको हेरविचार कसरी गर्नुपर्छ ।’

अहिले जुल्फेकले बब्बरलाई तालिम दिइरहेका छन् । पाल्तु जनावरको जस्तो रहनसहन सिकाइरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*