स्रोत नखुलेको रकम पटक–पटक नेपाल भित्र्याएपछि आनीको सम्पत्ति शुद्धीकरण अनुसन्धानमा

निरन्तर न्यूज
२८ जेष्ठ २०७६, मंगलवार १७:५१

काठमाडौँ । स्रोत नखुलेको रकम पटक–पटक नेपा भित्र्याएपछि गायिका आनी छोइङ डोल्माको खाता रोक्का गरी सम्पत्ति शुद्धीकरण आशंकामा अनुसन्धान सुरु भएको छ ।

तर, प्रधानमन्त्रीकै सचिवालयले रोक्का रकम खुला गरिदिन चर्को दबाब दिइरहेको स्रोतको दाबी छ । ‘फूलको आँखामा फूलै संसार’ गीतबाट चर्चित आनीले स्रोत नखुलाई हङकङबाट १६ लाख ४९ हजार ९ सय ४० अमेरिकी डलर (हालको विनियम दरअनुसार १८ करोड ३१ लाख ४३ हजार ३ सय ४० रुपैयाँ) नेपाल भित्र्याएपछि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग र राष्ट्र बैंकको वित्तीय जानकारी एकाइले अनुसन्धान थालेका हुन् । कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु