युट्युबमा आयो ‘नाई नभन्नु ल-५’

निरन्तर न्यूज
२७ जेष्ठ २०७६, सोमबार २०:४३

काठमाडौं  । चलचित्र ‘नाई न भन्नु ल ५’ अब दर्शकले घरमै बसेर हेर्न पाउने भएका छन् । आइतबार उक्त चलचित्र युट्युववाट सार्वजनिक भएसँगै यो सम्भव भएको छ ।

युट्युबमा आएको दोस्रो दिनमै फिल्म ट्रेडिङ्ग वानमा आएको छ । पहिलो नम्वरमा रहेको गलबन्दी गीतलाई विस्थापित गर्दै ‘नाईं नभन्नू ल ५’ ट्रेडिङ्गको पहिलो नम्बरमा आएको हो ।

विकासराज आचार्यको निर्देशन रहेको उक्त फिल्ममा प्रियंका कार्की, केकी अधिकारी, स्वस्तिमा खड्का, अभिषेक नेपाल, निरुता सिंह, दिलिप रायमाझी, अनुभव रेग्मी, सेड्रिना शर्मा लगायत कलाकारको अभिनय देख्न पाइन्छ ।

हरिबोल भण्डारी र गौरी राज जोशीले निर्माण गरेको फिल्मको कथा लेखन सामिप्य तिमिल्सिना र निर्देशक आर्चायको रहेको छ । पुरुषोत्तम प्रधानले छायांकन गरेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका छन् ।

हेर्नुहोस् भिडियो

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*