रुकुमको भूमेमा दोस्रो वृहत् सांस्कृतिक प्रतियोगिता

जयमान बुढा मगर
२७ जेष्ठ २०७६, सोमबार २०:३८

रुकुमपूर्व । रुकुमपूर्व भूमे गाउँपालिकामा दोस्रो वृहत् साँस्कृतिक प्रतियोगिता हुने भएको छ । । भूमे गाउँपालिकाको आर्थिक सहयोगमा संस्कृति तथा पर्यटन विकास केन्द्र नेपाल रुकुम पश्चिमको आयोजना र सह–आयोजक मौलिक सांसकृतिक कला केन्द्र र खाम मल्टी शोसल अर्गनाईजेशन रुकुमपूवले असार २ गते देखि ५ गते सम्म दोस्रो वृहत् सांस्कृतिक प्रतियोगिता कार्यक्रम २०७६ आयोजना गर्न लागेको जनाएको छ ।

उक्त प्रतियोगितामा भूम्या, नचारु, मयूर, पैसेरु, फाँक र झोरेल्नी नाँच लगायत स्थानीय मौलिकता बोकेको झाँक्री नाँच र धनुषवाण प्रर्दशनी हुने आयोजकले जनाएको छ ।

पुरस्कार राशी भूम्या नाचमा पहिलो हुनेले नगत १ लाख, द्वितीयले नगद ७५ हजार, तृतीयले नगद ५० हजार र सान्त्वना हुनेले नगद २० हजार रुपैया प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यसैगरी नचारु नाँचका लागि पहिलो, द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः नगद ७५ हजार, ५० हजार, ३० हजार र १५ हजार रहेको छ ।

मयूर नाँचमा पनि क्रमशः नगद ५० हजार, ३० हजार, २० हजार र १० हजारको रहेमा पैसेरु, फाँक र झोरेल्नी नाँचका लागि समान पहिलो, द्वितीय, तृतीय र सान्त्वना हुनेले नगद ३० हजार, २० हजार, १० हजार र ५ हजारको साथमा सबै नाँचका लागि कप तथा प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ । भूमे २ खाबाङ बगरमा सञ्चालन गरिने कार्यक्रमको लागि गाउँपालिकाले १५ लाख रुपैया छुट्यााएको बताएको छ ।

भूम्या नाँचमा मगर समुदायमा प्रचलित भेषभूषामा महिलाले गुन्यू, चोली, पछ्यौरी, गाडा, गरगहनामा र पुरुषले ढाका टोपी, गाडा, पटुका, चौबन्दी लगायत परम्परागत पोसाकमा सजिएर पहिलो घेरामा पुरुष र पछिल्लो घेरामा महिलाको लामबद्ध तरिकामा नाँच्ने गर्दछन् । पैसेरु, नचारु, फाँक र झोरेल्नीको पनि छट्टाछुट्ट परम्परागत पोसाकमा नाँच्ने गर्दछन् ।

अठार मगरात क्षेत्रको सबै भन्दा ठूलो भूम्या पर्वको अवसरमा उक्त कार्यक्रम गर्न लागिएको गाउँपालिकाका अध्यक्ष रामसुर बुढा मगरले बताए । ‘स्थानीय परम्परागत कला संस्कृतिलाई संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले पालिकाले वार्षिक कार्यक्रम राखेर कार्यक्रमको लागि बजेट वियोजन गर्ने गरेका र्छौ अध्यक्ष बुढाले भने, ‘हाम्रा साँस्कृतिक जनविश्वासमा आधारित छन् यसलार्ई संरक्षण गर्ने र भूमेमा पर्यटकलाई भित्र्याउने तथा चिनाउनेमा उक्त कार्यक्रमले सहयोग पु¥याइराखेको छ ।’ उनका अनुसार ‘आफ्नो भूमि र भूमि देउताप्रतिको श्रद्धा गर्नु हो, यसरी बल पूजा गर्दा देउता खुसी हुने र हानि हुनबाट जोगिने जनविश्वास छ ।’

‘स्थानीय परम्परागत कला संस्कृति हाम्रो पहिचान, मौलिक संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो शान’ भन्ने मूल नाराकोे साथमा दोस्रो सांस्कृतिक प्रवद्र्धन कार्यक्रम तय गरिएको छ । खासगरी रुकुम रोल्पाका मगर खाम भाषीयको बाहुल्यता भएको ठाउँहरुमा भूम्या पर्व मान्ने गर्दछाँै भूमे २ काँक्रीका स्थानीय मदन रोका मगरले जानकारी गराए । ‘हाल रुकुम पश्चिम सदरमुकाम खलंगा, दाङको घोराही तथा काठमाडौँ लगाएत मुख्या शहरमा समेत यो पर्व मान्ने गरेका छन् ।’ भूम्या पर्व अठार मगरात क्षेत्रका मगर समुदायको सबैभन्दा ठूलो चाड हो । हिउँदेबाली भित्र्याएको खुसीयालीमा र बर्खेबालीमा कुनै हानी नहोस् भनेर भूम्या पूजा गरिन्छ । साथै बाढीपहिरो जस्ता दैवी प्रकोप नआओस् भनेर भूम्या थानमा बली चढाइन्छ ।

खासगरी जेठ १ गते देखि गाउँका आ–आफ्नो ठाउँको चलन अनुसार भूम्या नाच सुरु गरेका छन् । भूम्या नाचको नामलाई ठाउँ अनुसारका नाम उच्चारण गर्ने गर्दछन् । जस्तैः बल्क, झ्यामकुटरी, नाम्को आदि नामले स्थानीय भाषामा प्रयोग गरेर नाम राखेको पाइन्छ । सुरु भएको मान्यता भूम्या पर्व अर्थात बल पूजा जेठ महिना लागेसँगै सुरु गरिएको पाइन्छ ।

प्राकृतिक विपत्तिबाट जोगिने विश्वासका साथ मनाइने भूम्या पर्वमा पूजापाठसँगै २२ चाल नाचिन्छ । परम्परागत भेषभुषाका युवक–युवती बुकी फूल टिप्न अग्ला पहाडमा जान्छन्न् । अर्नीपानी सगुन बोकेर लेक जानेहरूले ल्याएको रंगीविरंगी फूल सबैलाई शिरमा लगाइदिएर अग्रजको आशीर्वाद थाप्छन् । उनीहरूले ल्याएको बुकी फूल गाउँको सबै घरमा पुर्याइन्छ ।

लेकबाट पूजापात गरेर जरेपछि गाउँमा महिलाहरूले ध्वाँसो, खरानी, दशैंमा ढोकामा राखिएको टीका–जमरा जस्ता घर लिपपोत गरेर निस्किएको फोहारलाई घरबाहिर फाल्छन् । त्यसैलाई नै बल हाल्ने बन्दछन् । त्यसपछि विधिगत रुपमा बल पूजा अर्थात भूम्या पर्व सुरु भएको अगुवाले बताउछन् । बल हाल्दा वर्षभरिको ग्रहदशा र विपत्ति भूम्याले लैजाने विश्वास छ ।

पालिकाको नाम समेत यसै भूम्या पर्वबाट नै नामकरण गरिएको हो । भूमे गाउँपालिकाले अहिले भूम्या पर्वको अवसरमा विविध सांस्कृतिक कार्यक्रम आयोजना गरेर यस पर्वको साथै अरु मौलिक नाचलाई पनि थप संरक्षण र प्रवद्र्धन गर्नमा ऊर्जा मिलेको स्थानीयले बताएका छन् ।

तश्विर : जयमान बुढा मगर

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*