दक्षिण अफ्रिका र वेस्ट इन्डिजबीचको खेल वर्षाले रोकियाे

निरन्तर न्यूज
२७ जेष्ठ २०७६, सोमबार १८:२८

काठमाडौं । एकदिवसीय क्रिकेट विश्वकपअन्तर्गत दक्षिण अफ्रिका र वेस्ट इन्डिजबीचको खेल वर्षाले रोकिएको छ । साउथह्याम्पटनमा दक्षिण अफ्रिकाले टस हारी पहिले ब्याटिङ सुरु गरेको खेलमा वर्षाले अवरोध पु¥याएको हो । खेल रोकिनुअघि दक्षिण अफ्रिकाले ७.३ ओभरमा दुई विकेट गुमाएर २९ रनको योगफल तय गरेको थियो ।

दक्षिण अफ्रिकाका हसिम अम्ल ६ र ऐदेन मात्र्रmम पाँच रन जोड्दा आउट भएका छन् । प्रारम्भिक ब्याट्सम्यान क्विन्टन डी कक १७ रन र कप्तान फफ्फ दु प्लेसिस् शून्य रनमा अविजित छन् । वेस्ट इन्डिजका शेल्डोन कोट्रेलले दक्षिण अफ्रिकाको दुबै विकेट लिएका हुन् । प्रतियोगितामा वेस्ट इन्डिजको यो तेस्रो खेल हो भने दक्षिण अफ्रिकाको चौथो खेल हो ।

वेस्ट इन्डिजले अघिल्ला दुईमध्ये एकमा जित र एकमा हार बेहोरेको छ भने दक्षिण अफ्रिकाले यसअघिका तीनै खेल गुमाएको छ ।

नागिरकखबरबाट लिइएकाे समाचार

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु