सारेगमप लिटिल च्याम्पमा प्रितम तेस्रो र आयुष चौथो

एजेन्सी । भारतीय संगीत सम्बन्धि जीटिभीबाट संचालन हुदै आएको रियालिटी शो सारेगमप लिटिल च्याम्पमा नेपालका प्रितम आचार्य तेस्रो भए साथै आयुष केसी पनि चौथो र्यान्कमा पर्न सफल भए ।
पहिले देखि नै प्रितम आचार्य र आयुष केसी दुवै सहभागीले निर्णायककाे प्रशंसा बटुल्दै आएका थिए ।
कार्यक्रमको ग्राण्ड फिनालेमा ६ मा परेका यी दुईको सफलता नेपालको संगित इतिहासमा उल्लेखनीय सफलताको रुपमा रहेकाे बुझिएकाे छ ।