अधिकार प्राप्तीका लागि थारु समुदाय लाई लडने साहस जुटाउनु पर्दछ : मुख्यमन्त्री राउत

निरन्तर न्यूज
२७ जेष्ठ २०७६, सोमबार १६:३३

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले सदियौ देखी विभेदमा परेको थारु समुदायलाई अधिकार प्राप्तिको लागि संघर्ष गर्नुको विकल्प नरहेको बताउनु भएको छ ।
थारु आयोगले आज जनकपुरमा आयोजना गरेको छलफल तथा अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री राउतले मुलुक संघीय गणतन्त्रमा गएपनि कार्यन्वयन पक्ष इमान्दार नभएकोले संघर्ष अपरिहार्य रहेको उल्लेख गर्नु भयो ।

संघर्ष नगरे सम्म कुनै समुदायले अधिकार प्राप्त गर्न नसकेको इतिहास रहेको जिकिर गर्नु हुँदै मुख्यमन्त्री राउतले आफनो भविष्य परिवर्तनका लागि थारुहरुमा लडने साहस जुटाउन आग्रह गर्नु भयो ।

आयोग गठनमा समेत विभेद भएको बताउनु हुँदै उहाँले महिला आयोग र दलित आयोग जतिको अधिकार थारु, मधेशी, मुश्लिम जस्ता आयोगहरुलाई नदिइएको बताउनु भयो ।

समुदायको अधिकारको लागि लडदा रेशम चौधरीलाई झुठा मुद्दा खेप्नु परेको उल्लेख गर्नु हुँदै उहाँले आन्दोलनको नाउमा दशौ हजार मान्छे मार्नेहरु राज्य सत्ता संचालन गर्ने र निर्दोष रेशम चौधरीलाई जेलमा बस्नु पर्ने कहाँको न्याय हो भनि प्रश्न समेत गर्नु भयो ।

आयोग गठन हुँदैमा थारु समुदायको भविष्य परिवर्तन नहुने उल्लेख गर्नु हुँदै उहाँले आयोगलाई बल पु¥याउन समेत थारु समुदायलाई संघर्ष गर्नु पर्ने आवश्यकता रहेको उल्लेख गर्नु भयो ।

मुख्यमन्त्री राउतले प्रदेश २को सरकारले सबै जात जातिलाई समान दृष्टिले हेर्ने प्रयत्न गरि रहेको उल्लेख गर्नु हुँदै प्रदेश सरकारले सबै निकायमा जनसंख्याको आधारमा प्रतिनित्वको सुनिश्चितता गरि रहेको बताउनु भयो ।

आयोगका अध्यक्ष विष्णु प्रसाद चौधरीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रदेश नं। २का थारु अगुवा, जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु