मुख्यमन्त्री पौडेल अस्पतालबाट डिस्चार्ज

निरन्तर न्यूज
२७ जेष्ठ २०७६, सोमबार ११:०९

हेटौंडा । प्रदेशका नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेल अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । गत १९ गते अस्पताल भर्ना हुनुभएका मुख्यमन्त्री पौडेल एक हप्ता अस्पताल बसाईपछि डिस्चार्ज हुनुभएको छ ।

मुटुको नियमित परिक्षणका लागि काठमाण्डौंको शहिद गंगालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा पुग्नुभएका मुख्यमन्त्री पौडेलको एनजिओग्राफि गर्दा मुटुको भल्बमा सामान्य समस्या देखिएपछि एनजिओप्लाष्ट गरिएको थियो  ।

अस्पतालका मुटुरोग विषेशज्ञ डाक्टर चन्द्रमणि अधिकारीको टोलीले उहाँको उपचार गरेको थियो । उहाँ अस्पताल भर्नाभएसंगै एकहप्ताका लागि सार्वजनिक कार्यक्रमहरु स्थगित गरिएका थिए । जेठ २४ र २५ गते हेटौंडामा हुने प्रदेश समन्वय परिषद् मुख्यमन्त्री अस्वस्थ भएपछि बैठक जेठ २९ र ३० गतेकाे लागि सरेकाे थियाे । हेटौँडामा हुने परिषद्को बैठकमा सहभागि हुन मुख्यमन्त्री पौडेल मंगलबार हेटौंडा आउने मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिनुभयो । परिषद बैठक मुख्यमन्त्रीको अध्यक्षतामा हुनेछ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु