चलचित्र कलाकार सङ्घको अध्यक्षमा खड्का विजयी
काठमाडौँ । नेपाल चलचित्र कलाकार सङ्घको अध्यक्षमा रवीन्द्र खड्का विजय भएका छन् ।
शनिबार सम्पन्न भएको निर्वाचनमा उहाँले २१८ मत प्राप्त गर्दै विजयी भएका हुन् ।
उनका प्रतिस्पर्धी सरिता लामिछानेले १६१ मत प्राप्त गरेका थिए ।
यस्तै उपाध्यक्षद्वयमा रेजिना उप्रेती र सानुकुमार ताम्राकार, महासचिवमा चेतबहादुर सिंह, सचिवमा पनाह अधिकारी, सहकोषाध्यक्षमा पवित्रा आचार्य विजयी भएका छन् । कोषाध्यक्षमा सुनिल कटवाल यसअघि नै निर्विरोध निर्वाचित भइसकेका थिए । सङ्घको १७ औँ साधारणसभाले नयाँ नेतृत्व चयन गरेको हो ।