हावाहुरीसँगै परेको चट्याङ लागेर एक जनाको मृत्यु

निरन्तर न्यूज
२६ जेष्ठ २०७६, आईतवार २१:५४

वीरगन्ज । वर्षासँगै आएको हावाहुरीले पर्सामा एकको मृत्यू भएको छ भने पाँच घाइते भएका छन् । आइतबार साँझ वर्षा र हावाहुरीसँगै परेको चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका हुन् ।

हुरीसँगै परेको चट्याङले लागेर ठोरी गाउँपालिका १ मा चट्याङ लागेर २१ वर्षीय राजु विष्टको मृत्यु भएको छ । भैँसी गोठालो गएको बेला उनलाई चट्याङ लाग्दा घटनास्थलमै मृत्यू भएको स्थानीयले जानकारी दिएका छन् ।

दार्चुला जिल्ला घर भएका विष्ट कक्षा ११ को परीक्षा सकेर ठोरीस्थित मावली घरमा दुई सातादेखि रहँदै आएका थिए ।

त्यसैगरी, हुरीले वीरगन्ज महानगरपालिकामा मात्रै आइतबार पाँचजना घाइते भएको पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन् ।

वीरगन्ज ७ रामटोलमा महेस साहको निर्माण भइरहेको घरको पर्खाल भत्किदा त्यसमा च्यापिएर स्थनीय १६ वर्षीय ओमप्रकाश साह, १८ वर्षीय दिपेन्द्र पटेल र १५ वर्षीय सुनिल पटेल तथा वीरगन्ज १६ इनरुवामा नेक महम्मदको आफ्नै घर भत्किदा १४ वर्षीया छोरी गुल्सन खातुन र ३८ वर्षीया पत्नी शायदा खातुन घाइते भएका हुन् । पाँचैजना घाइतेको नारायणी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु