भारत र अष्ट्रेलिया टिमबीचको खेल रोमाञ्चक

काठमाडौं । एकदिवसीइ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत अहिले भारत र अष्ट्रेलिया भिडिरहेका छन् ।
उपाधिका प्रमुख दाबेदार मानिएका दुबै टिमबीचको खेल रोमाञ्चक बनिरहेको छ । टस जितेर ब्याटिङमा उत्रिएको भारतले ३९ ओभरको समाप्तिमा २३० रन जोड्न सफल भएको छ । अहिले कप्तान विराट कोहली र हार्दिक पाण्याले ब्याटिङ गरिरहेका छन् ।
भारतका ओपनर शिखर धवन ११७ रन बनाएर आउट भइसकेका छन् । यसअघि रोहित शर्मा ५७ रन बनाएर आउट भएका थिए ।