कलाकारसहित ३२ जना नेपाली मलेसियामा पक्राउ

निरन्तर न्यूज
२६ जेष्ठ २०७६, आईतवार १८:१५

काठमाडौं । सांगितिक कार्यक्रममा सहभागी हुन मलेसिया गएका ३२ नेपाली पक्राउ परेका छन् । ईदको अवसरमा आयोजना गरिएको एक सांगीतक कार्यक्रममा सहभागी हुन गएका ३२ नेपाली नागरिकलाई सादा पोशाकमा आएका प्रहरीले समातेको हो ।

एसएमओजी धमाका वान नामक सांगीतिक कार्यक्रमका लागि मलेसिया गएका गायिकाद्धय श्रेया राई, सुनिता थेगिम, गायक सुजन आङदम्बेसहित स्थानीय नेपाली कलाकार र आयोजकसहित ३२ नेपालीलाई त्यहाँको अध्यागमनले समातेको हो ।

मलेसियाली अध्यागमन नियम कानुन उल्लंघन गरेको आरोपमा उनीहरुलाई कार्यक्रम शुरु हुनुपूर्व बिहीबार पक्राउ गरिएको थियो । कार्यक्रम आयोजना गरिएको स्थल क्वालालम्पुरको कोताराय कम्प्लेक्सबाटै उनीहरुलाई नियन्त्रणमा लिइएको र हाल पुत्राजयास्थित अध्यागमनको हिरासत गृहमा राखिएको नेपाली दूतावासले जनाएको छ ।

पक्राउ परेका नेपालीहरुको अवस्था बुझिरहेको र सकुशल स्वदेश फिर्ता गर्ने पहल गरिरहेको दूतावासले जानकारी दिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*