माण्डु हाइड्रोपावरको ड्याममा खसेर एक जनाको मृ्त्यु

निरन्तर न्यूज
२६ जेष्ठ २०७६, आईतवार १८:११

हेटौडा । मकवानपुरको भिमफेदी गाउपालिकामा रहेको माण्डु हाइड्रोपावरको ड्याममा खसेर एक जनाको मृ्त्यु भएको छ ।

ड्याममा वेल्डीङको काम गर्ने ४० वर्षका टेक बहादुर मगरको ज्यान गएको इलाका प्रहरी कार्यालय सिस्नेरीले जनाएको छ ।

२४ गते साँझदेखि बेपत्ता भएका मगर ड्यामको करीब १३ मिटर तल हिलोमा गाडीएको अवस्थामा आज बिहान १० बजे फेला परेका हुन् ।

मगरको शव पोष्टमार्टम का लागि हेटौडा अस्पताल ल्याइँदै छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु