११ पत्रकारहरुलाई पुरस्कृत गर्दै जर्नालिज्म एवार्ड समापन

महासंघका पूर्व अध्यक्षहरु समेत सम्मानित
निरन्तर न्यूज
२५ जेष्ठ २०७६, शनिबार २३:०६

हेटाै‌डा ।   दाेश्राे हेटाै‌ँडा जर्नालिज्म एवार्ड आज विभिन्न ११ विधामा पत्रकारहरुलाई पुरस्कृत गर्दै हेटाैँडामा समापन गरिएकाे छ ।

न्यू मिडिया एकेडेमीले आयाेजना गरेकाे उक्त एवार्ड वितरण कार्यक्रममा प्रदेश नम्बर ३ का आन्तिरक मामीला मन्त्री शालिकराम जम्कट्टेलले पत्रकार महास‌ंघ मकवानपुरका पूर्व अध्यक्षहरु कौशल पाण्डे, नवराज शर्मा, प्रताप बिष्ट, राममणी दाहाल, भानुभक्त आचार्य  र महेन्द्र श्रेष्ठलाई सम्मान गरेका थिए ।

त्यस्तै  उत्कृष्ट महिला पत्रकार बर्ष अवार्ड नानिमाया सापकोटा र उत्कृष्ट पुरुष पत्रकार बर्ष अवार्ड बालकृष्ण अधिकारिलाई प्रदान गरिएकाे थियाे ।

उत्कृष्ट खेलकुद पत्रकारिता अवार्ड राजन दाहाल, उत्कृष्ट सम्पादक बर्ष अवार्ड सुबास बिडारी, आर्थिक पत्रकारिता बर्ष अवार्ड केशब समर्पण, उदयमान पत्रकारिता अवार्ड सिर्जना नेपाल, उत्कृष्ट प्रस्तोता बर्ष अवार्ड दर्शन क्षेत्री, अनलाइन पत्रकारिता अवार्ड सुनिल सिवाकोटी, सामाजिक पत्रकारिता बर्ष अवार्ड गणेश दर्पण अधिकारी, उत्कृष्ट  खोज पत्रकारिता अवार्ड कृष्ण सारु मगर, उत्कृष्ट चलचित्र पत्रकारिता अवार्ड असोक सुजन श्रेष्ठलाई प्रदान गरेकाे  छ ।

११ विधामा ३३ जना मनाेनयनमा परेकाे मध्येबाट ११ जनालाई छनाैट गरिएकाे निर्णायक समितिले जनाएकाे छ । निर्णायक समितिमा राेशन पराजुली, कुमार अधिकारी र हरी हुमागाई रहेका थिए ।

कार्यक्रममा प्रदेश सभा सदस्य मुनु सिग्देल जिल्ला समन्वय समितिका संयाेजक रघुनाथ खुलाल वडा नम्बर १४ का अध्यक्ष दिपक खड्का भिमफेदी गाउँपालिकाकी उपाध्यक्ष पार्वती राना लगायतले विजयी पत्रकारहरुलाई पुरस्कृत गरेका थिए ।

एवार्ड वितरण कार्यक्रममा सुनिता बुर्लाकाेटी, कविराज हुमागाई लगायतले आफ्नाे प्रस्तुति पेश गरेका थिए भने चर्चित गायक प्रकास सपुतले गलबन्दी बाेलकाे गित गाएर हल तताएका थिए ।

एकेडेमीका अध्यक्ष मणीराज गाैतमकाे सभाध्यक्षतामा भएकाे एवार्डकाे पहिलाे संस्करण दुबईमा गरिएकाे श्रीराम अर्जुनले बताए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*