मन्त्री यादवको अन्तरक्रिया कार्यक्रमबाट सञ्चारकर्मीहरु निकालिए

सप्तरीका सिडिओ सुरेन्द्र पौडेलले सार्वजनिक कार्यक्रमबाटै सञ्चारकर्मीहरुलाई निकाले
निरन्तर न्यूज
२५ जेष्ठ २०७६, शनिबार १५:०७

राजविराज । जनप्रतिनिधिहरुले सूचना दिन अनाकानी गरिरहेको चौतर्फी चर्चा भईरहेको वेला सप्तरीका सिडिओ सुरेन्द्र पौडेलले सार्वजनिक कार्यक्रमबाटै सञ्चारकर्मीहरुलाई निकाल्नु भएको छ ।

शनिवार राजविराज स्थित सिडिओ निवासमा आयोजित कार्यालय प्रमुखसँग उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवको अन्तरक्रिया कार्यक्रमबाट सञ्चारकर्मीहरु निकालिएका हुन् । नितिगत समस्याले कार्यालय सञ्चालन गर्न चुनौतीपूर्ण भईरहेको प्रमुखहरुले कुरा राख्नै लाग्दा सिडिओले सञ्चारकर्मीहरुलाई कार्यालयबाट बाहिर जान भन्नुभएको हो । मन्त्री यादवको समेत उपस्थिति रहेको कार्यक्रममा सञ्चारकर्मीलाई सूचनाको हक तथा नागरिकलाई मौलिक हकबाट वञ्चित गराएपछि मन्त्रीको अर्को कार्यक्रम पनि बहिष्कार गरिएको छ ।

शनिबारनै मन्त्री यादवको इद पर्वको अवसरमा शुभकामना अदानप्रदान कार्यक्रम रहेको छ । सञ्चारकर्मीलाई सार्वजनिक महत्वका विषयमा भईरहेको अन्तरक्रियाबाट निकाल्नु मुलुककै लागि दुर्भाग्य रहेको नेपाल पत्रकार महासंघ शाखा सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादवले बताउनुभयो ।

नेपालको अन्तरिम संविधान २०६३ को धारा २७ ले सूचनाको हकलाई नागरिकका मौलिक हकको रूपमा व्यवस्थित गरेको छ भने मौलिक हकलाई प्रचलित गर्न सूचनाको हक सम्वन्धित ऐन २०६४ र सूचनाको हक सम्वन्धि नियमावली २०६५ कार्यान्वयनमा रहेका छन् । विद्यानन्द राम ले जनता समाचार मा लेख्नु भएकाे खबर । 

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु