भारतमा नेपाली झन्डा भएकाे कार्गाे रेल चल्ने

निरन्तर न्यूज
२५ जेष्ठ २०७६, शनिबार १४:४५

नयाँदिल्ली  । नेपाल–भारत सीमा क्षेत्रमा कार्गो रेल सञ्चालन गर्ने सैद्धान्तिक सहमति गर्दै रेल्वे सेवा सम्झौताको दुईदिने बैठक दिल्लीमा सम्पन्न भएको छ । ‘यो सहमतिले भारतीय सीमा क्षेत्रभित्र नेपाली झन्डा भएको कार्गो ट्रेन सञ्चालन गर्न बाटो खुलेको छ,’ बैठकमा सहभागी एक अधिकारीले भने ।

वीरगन्जबाट भारतको कोलकाता बन्दरगाहसम्म कार्गो ढुवानीका लागि सैद्धान्तिक सहमति भएको छ । बैठकमा रेल पारवहनमार्फत हुने व्यापार सहजीकरणका समग्र विषयमा छलफल भएको थियो ।

भारतको रक्सौलबाट काठमाडौं जोड्ने रेलको सम्भाव्यता अध्ययनबारे पनि छलफल भएको छ । प्राविधिक पक्षमा भने छिटै प्राविधिकबीच छलफल भएर प्रक्रिया अघि बढ्ने अधिकारीहरूले बताए ।

मुख्य रुपमा कन्टेनर र बल्क कार्गोको आप्रवाहलाई सहज, सरल, द्रुत र मितव्ययी बनाउने विषयमा छलफल भएको सहभागी अधिकारीले बताएका छन् । बैठकमा भारतीय सीमाक्षेत्रमा नेपालको आफ्नै कार्गो ट्रेन सञ्चालन गर्ने विषयमा भएको सैद्धान्तिक सहमति महत्वपूर्ण रहेको अधिकारीहरुले बताए । यो सहमतिसँगै नेपालले सीमा क्षेत्रदेखि सामुद्रिक बन्दरगाहसम्म कार्गो ट्रेन सञ्चालन गर्न सक्नेछ । अन्नपूर्ण पोस्ट दैनिकमा आशा थपलियाले खबर लेखेकी छिन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*