असल व्यक्तिका लक्षण के के हुन् ? हेर्नुहोस् आजको नीति वचन
यथा चित्तं तथा वाचो यथा वाचस्तथा क्रियाः ।
चित्ते वाचि क्रियायांच साधुनामेक्रूपता ।। –नीति श्लोक
असल व्यक्ति जे बोल्छन् त्यही व्यहारमा पनि उतार्छन् । यसैगरी यस्ता व्यक्तिको मन, वचन र कर्ममा समानता रहन्छ ।
मन वचन र कर्ममा समानता हुनु असल व्यक्तिको लक्षणअन्तर्गत पर्दछ । जो एक कुरा बोल्छन् र व्यवहारमा अर्कै गर्छन् त्यस्ता व्यक्ति असलको कोटिमा पर्दैनन् । मनमा जे आउँछ त्यो वचनमा र वचनले जे बोलिन्छ त्यो कर्ममा उतार्नु नै असल व्यक्तिको लक्षण हो भन्ने नीति वचन मननीय छ । –नारायणप्रसाद निरौला, ज्योतिषाचार्य–