मकवानपुरमा रूख काट्ने क्रममा च्यापिएर एकको मृत्यु

निरन्तर न्यूज
१६ बैशाख २०८२, मंगलवार १६:४९

हेटौंडा । मकवानपुरमा रुखले च्यापेर एक जनाको मृत्यु भएको छ ।

सोमबार साँझ मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर- ३ देउजोर स्थित वनमा रुख काट्ने क्रममा च्यापिएर इलाम नगरपालिका वडा नम्बर – ९ बस्ने वर्ष ४६ का दिल कुमार लिम्बुको ज्यान गएको हो ।

लिम्बुको बागमती-३ देउजोर स्थित सुर्यकिरण सामुदायिक वनमा ठेक्कामा रुख काट्ने क्रममा रुखले च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी श्यामु अर्यालले बताए ।घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु