वर्षाको परवाह नगरी चिकित्सक आन्दोलनमा

काठमाडौं । निर्वाह भत्ता कार्यावन्यनको माग गर्दै एक महिनादेखि दबाब दिँदै आएका चिकित्सकहरूले आइतबार पानीमा रुझ्दै र्याली निकालेका छन् ।
वर्षाकाबीच उनीहरुले माइतीघर मण्डलाबाट बिजुली बजारको पुलसम्म र्याली निकालेका हुन् ।
शुक्रबारदेखि झन् आन्दोलन सशक्त बनाउँदै आवासीय चिकित्सकले देशव्यापी रूपमा चिकित्सकले सेवा बहिष्कार गरेका छन् ।
आइतबार देशभरिका निजी मेडिकल कलेज, सरकारी प्रतिष्ठानका आवासीय चिकित्सक सँगै वरिष्ठ चिकित्सक र नेपाल चिकित्सक संघका पदाधिकारी आन्दोलनमा छन् ।
सरकारले सुनिश्चित गरेको निर्वाह भत्ता कार्यावन्यन नभएको भन्दै तीन हप्तादेखि आवासीय चिकित्सक सडक आन्दोलनमा छन् ।
२५ माघमा चिकित्सा शिक्षा आयोगले निजी मेडिकल कलेजमा अध्ययरत आवासीय चिकित्सकलाई ४८ हजार (सरकारी आठौं तहसरह) सेवा–सुविधा दिनुपर्ने निर्णय गरेको थियो । तर निजी मेडिकल सञ्चालकले साढे दुई महिना बितिसक्दा पनि उक्त निर्णय कार्यान्वयन गरेका छैनन् ।