शिक्षक आन्दोलनको क्रममा भएको झडपमा पत्रकार कार्की घाइते

निरन्तर न्यूज
१४ बैशाख २०८२, आईतवार २०:२१

काठमाडौं । शिक्षकहरुको आन्दोलनको क्रममा भएको झडपमा परी पत्रकार सविना कार्की घाइते भएकी छन् ।

शिक्षक र प्रहरीबिच झडप हुँदा प्रहरीले हानेको पानीको फोहराले लागर उनी घाईते भएकी हुन् । प्राइम टेलिभिजनमा कार्यरत पत्रकार कार्की रिपोर्टिङका क्रममा बिजुलीबजार पुगेकी थिइन् ।सुरुमै प्रहरीले हानेको पानीको फोहरा आफूलाई लागेको उनले बताएकी छिन् ।

पानीको फोहोराले आँखामा लागेर घाईते भएकी कार्कीलाई प्रहरीले उद्दर गरेको थियो । उनको आँखाबाट रगत बगिरहेको थियो ।

उनलाई पहिला वीर अस्पताल  र आँखामा चोट देखिएपछि तिलगंगा आँखा अस्पताल लगिएको छ ।

उपचारमा संलग्न डाक्टरका अनुसार उनको आँखाको भित्री भागसम्म चोट लागेको छ । भिजनमा समस्या छ ।

‘आँखाभित्र रगत जमेको (हाइफिमा) छ । जसले गर्दा भिजन एकदमै कम रहेको छ । आँखाको छालाको माथिल्लो भाग पनि च्यातिएको छ । चोटको कारण आँखाको प्रेसर पनि बढेको छ,’ उपचारमा

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु