ठूला क्रान्ति गर्ने नेपालको काँग्रेस मात्रै

निरन्तर न्यूज
२५ जेष्ठ २०७६, शनिबार १२:३६

हेटौंडा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले विश्वको ईतिहासमै एउटै पार्टीले तीन ठूला क्रान्ति गर्ने नेपालको काँग्रेस मात्रै रहेको बताए । कम्युनिष्टहरु

नेपाली कांग्रेस १ नम्बर क्षेत्रीय समितिको आयोजनामा शुक्रबार हेटौंडा १८ को गुम्बाडाँडामा भएको जनजागरण अभियानमा बोल्दै प्रमुख अतिथि केसीले नेकपाको दुईतिहाईको सरकार झुटको खेति गर्दै र जनताको अमूल्य मत प्राप्त गर्दै सरकारमा गएपनि अझै झुटा आश्वाशन र झुटको खेति गरिरहेको बताउनुभयो ।

नेता केसीले हामी एक भएर लागे विश्वबाटै पलायन भएको कम्युनिष्ट नेपालमा पनि अर्धमुर्छित अवस्थामा रहेको र चाँडै यमलोक पुग्ने बताउनुभयो । कांग्रेस अब चुप लागेर नबस्ने बताउँदै कम्युनिष्ट सरकारले संघ, प्रदेश र स्थानीय निकायमा गरिरहेको चरम भ्रष्टाचार, शोषण, दमनको भण्डाफोर गर्दै गाउँगाउँमा जनजागरण अभियान लिएर हिडिरहेको बताउनुभयो ।

त्यस्तै विशिष्ठ अतिथि नेपाली कांग्रेस मकवानपुरका सभापति एवं ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बाँनियाले जनजागरण अभियानको बारेमा प्रष्ट पार्दै अब कम्युनिष्ट शासनलाई नेपाली जनताले मन नपराएको बताउँदै नेता बानियाँले विश्वबाट पलाएन भएको कम्युनिष्ट नेपालबाटसमेत पलायन हुने संघारमा पुगेको बताउनुभयो ।

कांग्रेस अब कम्युनिष्ट सरकारले लाद्न खोजेको निरंकुशताविरुद्ध एक भएर लाग्दै जनताको घरदैलोमा गैरहेको बताउँदै नेता बानियाँले कम्युनिष्ट जस्तो धोकेवाज र गफको भरमा कांग्रेस कहिल्यै नलाग्ने बताउनुभयो । यो कम्युनिष्ट सरकार काण्डैकाण्ड, भष्ट्राचार, बलत्कार, महंगी बढाएर आश्वासनमात्रै दिंदै रुमल्लिरहेकोले ५ वर्षपनि टिक्न नसक्ने अवस्था आएको नेता बानियाँले बताउनुभयो ।

नेपाली कांग्रेस १ नम्बर क्षेत्रीय सभापति दामोदर खनालको सभाध्यक्षता तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य केसीको प्रमुख आतिथ्यतामा भएको राष्ट्रिय जागरण अभियानमा हेटौंडा १८ का वडा सभापति राजेन्द्रराज बानियाँले स्वागत मन्तव्य ब्यक्त गर्नुभएको थियो ।

जनजागरण अभियानमा विभिन्न पार्टी परित्याग गरी ४६ जना नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको कार्यक्रमम कांग्रेस जिल्लाका पदाधिकारीहरु, पूर्व सभापतिहरु, जिल्ला सदस्यहरु, सल्लाहकारहरु, महासमिति तथा महाधिबेशन प्रतिनिधिहरु, क्षेत्रीय सभापतिहरु, हेटौंडा नगरका पदाधिकारी एवं सदस्यहरु, १ नम्बर क्षेत्रका गाउँपालिका पदाधिकारी एवं सदस्यहरु, भातृ एवं शुभेच्छुक संस्थाका जिल्ला तथा गाउँनगरका प्रमुख एवं पदाधिकारी तथा क्रियाशिल सदस्यहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु