नागरिक र जनमत पार्टीबीच वैशाख १७ मा एकता हुने

निरन्तर न्यूज
१२ बैशाख २०८२, शुक्रबार ०७:५९

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच आगामी वैशाख १७ गते एकताको घोषणा हुने भएको छ ।

जनमत पार्टीका अध्यक्ष सीके राउतको सचिवालयले आगामी १७ वैशाखमा एकता घोषणा गर्नेगरी तयारी अघि बढाइएको जानकारी गराएको छ ।

‘नेपालकै राजनीतिमा दूरगामी प्रभाव पार्ने र इतिहासमै नभएको अभूतपूर्व मिलन र एकता हुँदैछ ।’ एकता हुने दाबी गर्दै सचिवालयले सामाजिक सञ्जालमार्फत् जानकारी गराउँदै भनेको छ, जनताको भावना र आकांक्षा एकता भएकोले हामी एकताको लागि अगाडि बढने नै छौं। एकता हुन्छ नै।यही वैशाख १७ गते जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी बीच घोषणाको तैयारी गर्दैछौं ।

यी दुई दलका शीर्ष नेताहरू पछिल्लो केही समयदेखि एकताको तयारीसहित वार्तामा जुटेका छन् ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु