चिकित्सक संघले घोषणा गर्‍यो थप आन्दोलन,शुक्रबार देशभरका स्वास्थ्य संस्था बन्द गर्ने

निरन्तर न्यूज
१२ बैशाख २०८२, शुक्रबार ०७:५५

काठमाडौं । आवासीय चिकित्सकलाई सरकारी आठौं तह सरह निर्वाह भत्ता दिने निर्णय कार्यान्वयनलाई लिएर नेपाल चिकित्सक संघ (एनएमए)ले थप आन्दोलन घोषणा गरेको छ ।

संघले शुक्रबार सबै सरकारी अस्पताल, प्रतिष्ठान, मेडिकल कलेज, क्लिनिकलगायत बन्द गरेर आन्दोलनमा ऐक्यबद्धता जनाउन आह्वान गरेको छ ।

केन्द्रमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय घेराउ र जिल्ला प्रशासन कार्यालय घेराउलाई निरन्तरता दिने सघले जनाएको छ ।

बिहीबार काठमाडौंको माइतीघर मण्डलामा आन्दोलनरत चिकित्सक र स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलबीच भएको वार्ता निष्कर्षविहीन भएपछि सङ्घले थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो। सङ्घले केन्द्रमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय घेराउ र जिल्ला प्रशासन कार्यालय घेराउलाई पनि निरन्तरता दिने जनाएको छ।

यसअघि सङ्घले २४ घण्टाभित्र आफ्ना मागहरू सम्बोधन नभए वैशाख १२ गतेदेखि देशभर आकस्मिक र सघन उपचार सेवा बाहेक सम्पूर्ण स्वास्थ्य सेवा ठप्प पार्ने चेतावनी दिएको थियो।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु