नवनियुक्त शिक्षामन्त्री पन्तले लिए पद तथा गाेपनियताकाे शपथ

काठमाडौं । नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले पद तथा गोपनियताको शपथ लिएका छन् ।
बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शपथ गराएका हुन् ।
गत ८ वैशाखमा विद्या भट्टराईले मन्त्री पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार नियुक्त गरेका थिए । शिक्षा ऐन पेचिलो बनिरहेका बेला पन्त शिक्षामन्त्री बनेका छन् ।