सञ्चार विरोधी ऐन विरूद्ध पत्रकारकाे मानवसाङ्लो प्रर्दशन

निरन्तर न्यूज
२५ जेष्ठ २०७६, शनिबार १२:२२

हेटाैँडा । शनिबार बिहान मकवानपुरका पत्रकारहरुले हेटाैंडामा मिडिया काउन्सिल विधेयक सहित सञ्चार विरोधी ऐन कानूनहरुको विरोधमा प्रर्दशन गरेका छन् ।

हेटौंडाको बुद्ध चोकमा  मकवानपुरका सन्चारकर्मीले मानवसाङ्लो प्रर्दशन गरी विरोध जनाएका हुन्

नेपाल पत्रकार महासंघ ३ नम्बर प्रदेश समितिको आयोजनामा  मानवसाङ्लो प्रर्दशनमा सहभागि पत्रकारहरुले मिडिया काउन्सिल विधेयक फिर्ता गर, प्रेस स्वतन्त्रताको सम्मान गर, पूर्ण प्रेस स्वतन्त्रता ग्यारेन्टी गर लगायतका प्लेकार्ड बाकेका थिए । विरोध प्रर्दशनपछि बोल्दै नेपाल पत्रकार महासंघ ३ नम्बर प्रदेश समितिका अध्यक्ष प्रताप विष्टले मिडिया बिरोधी ऐन कानूनहरु नसच्चिएसम्म संघर्ष जारी रहने बताए ।

 

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु