मोटरसाइकल पल्टिदा हेटाैँडामा एकजनाको मृत्यु

निरन्तर न्यूज
११ बैशाख २०८२, बिहीबार १९:३६

हेटौंडा । बुधबार राति हेटौडा ११ मा भएको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते दुई मध्ये एक जनाको मृत्यु भएको छ।

बुधबार राति पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा ११ नवलपुरमा हेटौंडा बजारबाट नवलपुरतर्फ जाँदै गरेको प्रदेश २ ०३–०१३ प ४९२१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदा गम्भीर घाइते मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको हो।

दुर्घटनामा चालक हेटौडा ११ का नवलपुरका ३६ वर्षीय रोहित भन्ने मान बहादुर रुम्बा र पछाडि सवार २४ वर्षीय उमेश तामाङ गम्भीर घाइते भएका थिए । गम्भीर घाइते उमेशको उपचारको क्रममा चुरेहिल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

गम्भीर घाइते रोहित को अवस्था गम्भीर रहेको जनाइएको छ। मोटरसाइकल तीव्र गतिका कारण अनियन्त्रित भई सडक छेउको पोलमा ठोक्किएर अन्दाजी ५० फिट तल खसेको थियो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु