रघुजी पन्त शिक्षामन्त्रीमा नियुक्त

निरन्तर न्यूज
१० बैशाख २०८२, बुधबार २३:०४

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा रघुजी पन्त नियुक्त भएका छन् ।प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पन्तलाई शिक्षामन्त्री नियुक्त गरेका हुन् । उनलाई बिहीवार दिउँसो ४ बजे शपथ गराउने तयारी छ । २४ सदस्यीय मन्त्रिपरिषदमा उनी आठौं वरियतामा छन् ।

पन्त एमालेका समानुपातिक सांसद हुन् ।

गत वैशाख ८ गते विद्या भट्टराईले शिक्षामन्त्रीबाट राजीनामा दिएकी थिइन् । उनले प्रधानमन्त्रीबाट असहयोग भएको, काम गर्न असहज भएको लगायतका कारण देखाउँदै राजीनामा दिएकी हुन् ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु