हेटौंडामा तीन वटा वडा जोड्ने २ कल्भर्ट सन्चालनमा

निरन्तर न्यूज
१० बैशाख २०८२, बुधबार १७:०३

हेटौंडा। हेटौंडाको तिन वटा वडा जोड्ने दुईवटा कल्भर्ट पुलको उदघाटन गरिएको छ ।

सोमबार बिहान हेटौंडाका मेयर मिना कुमारी लामा र उपमेयर राजेश बानियाँले संयुक्त रुपमा हेटौंडा ७ र ८ जोड्ने र हेटौंडा ८ मा रहेको कल्भर्ट पुलको उदघाटन गरेका हुन् ।

हेटौंडा-नागस्वती-हटिया सडक खण्ड अन्तर्गत हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ र ७ जोड्ने हरियालीमा रहेको खहरेमा निर्माण भएको र वडा नम्बर ८ ओम नगर खहरेमा निर्माण गरिएका कल्भर्ट पुलको पुलको उद्घाटन नगर प्रमुख लामा र उपप्रमुख राजेश बानियाँ तथा सम्बन्धित वडाध्यक्ष र सदस्यहरुले संयुक्त रुपमा उदघाटन गरेका हुन्।

वडा नम्बर ६ र ७ जोड्ने ११ मिटर लम्बाइको पुल १ करोड १९ लाख रुपैयाँको लागतमा निर्माण गरिएको हो भने वडा नम्बर ८ मा रहेको १४ मिटर लम्बाइको पुल ८२ लाख ३ हजार ९८६ रुपैयाँको लागतमा सम्पन्न गरिएको हो।हेटौंडा ६ र ७ जोड्ने पुल नगरपालिकाको र ८ नम्बरको पुल प्रदेश सरकारको बिनियोजित बजेटमा निर्माण गरिएको हो।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु