मधेस मिडिया काउन्सिलका अध्यक्षकाे सपथ लिए लगत्तै उपाध्यायलाई भ्रष्टाचार मुद्दा

निरन्तर न्यूज
९ बैशाख २०८२, मंगलवार २०:४२

काठमाडौं । मधेस प्रदेश सरकारअन्तर्गत मिडिया काउन्सिल र आमसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्ष कमल उपाध्यायविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मङ्गलबार मुद्दा दायर गरेको हो ।

उपाध्यायले सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री सतिशकुमार सिंहको उपस्थितिमा गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीबाट पद तथा गोपनियताको शपथ लिएका थिए । त्यसको भोलिपल्ट नै विशेष अदालत, काठमाडौंमा उनीविरुद्ध आरोपपत्र दायर भएको हो ।

केएस मल्टिपरपोज कम्पनीका अध्यक्षसमेत रहेका उपाध्यायले बाराको पचरौता नगरपालिकाबाट आर्थिक वर्ष ०७७-७८ मा सञ्चालन भएका ठेक्काको बोलपत्र आह्वानको सूचना राष्ट्रियस्तरको पत्रिकामा प्रकाशन नगरेर रेकर्डमा राखेन् गरीमात्र एक प्रति प्रभाव दैनिकमा प्रकाशित गरेर ३ लाख ५२ हजार ५६० भुक्तानी लिएको आरोपपत्रमा उल्लेख छ ।

उक्त मुद्दामा पचरौता नगरपालिका, बाराका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत श्याम प्रसाद यादव र लेखापाल हासिम मियाँ अंसारीलाई पनि प्रतिवादी बनाइएको छ । उपाध्यायलाई मुख्य कसूरदार सरह सजाय माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु