शिक्षकको आन्दोलनमा कर्मचारी ट्रेड युनियनको समर्थन

कक्षा १२ को परीक्षामा परिचालन गर्न खोजिएकोमा आपत्ति
निरन्तर न्यूज
९ बैशाख २०८२, मंगलवार २०:२६

काठमाडौं । निजामती कर्मचारी ट्रेड युनियनले कक्षा १२ को परीक्षा संचालनमा निजामती कर्मचारी परिचालन गर्न खोजिएकोमा असन्तुष्टि जनाएका छन् ।

मंगलबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै युनियनका नेताहरूले कर्मचारी परिचालन गरेर १२ कक्षाको परीक्षा संचालन गर्ने निर्णयको विरोध गरेका हुन् । शिक्षकहरूको आन्दोलन प्रति आफूहरूको पनि समर्थन रहेको भन्दै ट्रेड युनियनले शिक्षक आन्दोलन कमजोर बनाउने प्रयासलाई समर्थन गर्न नसकिने बताए ।

बैठकमा बोल्दै नेपाल निजामती कर्मचारी युनियनका कार्यबाहक अध्यक्ष उत्तम कटुवालले भने,‘१२ कक्षाको परीक्षामा निजामती कर्मचारी परिचालन गर्न खोजिएको छ । त्यसमा हाम्रो असहमति छ । ’

नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष अम्बादत्त भट्टले पनि कक्षा १२ को परीक्षा संचालनमा निजामती कर्मचारी परिचालन गर्न खोजिएको बताए ।

‘सरकारले खोज्ने अन्तिम हतियार निजामती कर्मचारी हो भन्ने कक्षा १२ को परीक्षामा परिचालन गर्न खोजिनुले पनि प्रष्ट पार्छ,’ भट्टलभने । कर्मचारी खुसी भए गुणस्तरीय कानुन बन्ने भन्दै उनले यसअनुसार ऐन बनाउन आवश्यक रहेको बताए । शिक्षकहरु विद्यालय शिक्षा ऐन माग्दै २१ दिनदेखि आन्दोलनमा रहेका बेला विहान बसेको राष्टिय परीक्षा बोर्डको बैठकले कर्मचारी परिचालन गरेर भएपनि १२ गतेदेखि परीक्षा चलाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु