छोरीलालाई करणी गरेको अभियोगमा बाबु पक्राउ

हेटाैँडा । उत्तरी मकवानपुरको थाहा नगरपालिका– १, कुञ्छालमा छोरीलाई पटक–पटक जबरजस्ती करणी गरेको अभियोगमा बुवा पक्राउ परेका छन् ।
आइतबार पीडित किशोरीले इलाका प्रहरी कार्यालय पालुङमा जाहेरी दिएपश्चात् घटना बाहिर आएको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक सविनबाबु अर्यालले जानकारी दिए ।
सानैमा आमाले छाेडेर गएकि बालिकाकाे ३६ वर्षीय बाबुले गत २०८१ साल भदौदेखि कात्तिकसम्म पटक–पटक ललाइफकाइ गरी घरदेखि टाढा लगेर जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख गरिएको प्रहरी निरीक्षक अर्यालले बताए ।
प्रहरीका अनुसार किशोरी बाबुको जेठी श्रीमतीकी छोरी हुन् । ‘किशोरीले केही करिब डेढ हप्ता अघि परिवारका अन्य सदस्यलाई घटनाबारे जानकारी गराए पछि हामीले पक्राउ गरेका हाैँ’ निरीक्षक अर्यालले भने । किशोरी नाबालिक भए अनुसार उनको फुपु, अन्य आफन्त र वडाका जनप्रतिनिधिहरूको उपस्थितिमा उजुरी प्राप्त भएपछि तुरुन्त पक्राउ गरिएकाे अर्यालले बताए ।
अर्याललका अनुसार नीज बाबुलाई जिल्ला अदालत मकवानपुरबाट ५ दिनकाे म्याद थप गरि अनुसन्धान भैरहेकाे छ ।