भिमफेदी वाईसियलको दोश्रो सम्मेलन सम्पन्न

निरन्तर न्यूज
९ बैशाख २०८२, मंगलवार १२:०८

हेटौंडा । योङ्ग कम्यूनिष्ट लीग (वाईसियल) नेपाल भिमफेदी गाउँपालिका मकवानपुरको दोस्रो सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले प्रकाश रुम्बाको अध्यक्षतामा २५ सदस्यीय समिति सर्वसम्मत निर्वाचित गरेको छ ।

सोमबार मकवानपुरको भीमफेदी-३, स्थित झल्कनेमा सम्पन्न सम्मेलनबाट अध्यक्ष रुम्बाको नेतृत्वमा उपाध्यक्ष साेभा लामा,अमृत गाेले, बिमला थिङ सर्वसम्मत निर्वाचित भएका छन् ।

कार्यक्रमका प्रमुख अतिथी नेकपा माओवादी केन्द्रिय सदस्य तथा बागमती प्रदेश सासंद कुमारी मोक्तानले व्यवस्था बदल्न माओवादीले गरेको योगदान र अब जनताको अवस्था बदल्ने जिम्मेवारी पनि माओवादीकै काधमा रहेको बताइन । पार्टी अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासनमा मात्र नभई बिग्रेको अर्थतन्त्र सुधार्न समेत सफल भएकोले जनतामा नयाँ आशा पलाएको माेक्तानले उललेख गरिन्। वाईसिएलले देशको अर्थतन्त्र उकास्न, वित्तीय सस्थाको मानोमानी नियन्त्रण गर्न र सरकारी निकायमा हुनेगरेका भ्रष्टाचार,अनियमितता एवं ढिलासुस्ती लगायत बेथितिहरु रोक्न वाईसिएलको खाचो रहेको समेत माेक्तानले बताइन्ब ।

नेकपा माओवादी केन्द्र बागमती प्रदेश समिति सदस्य तथा भीमफेदी गाउँपालिका इन्चार्ज अप्सरा लोप्चनले वाईसिएल नेपाल पार्टीको मेरुदण्ड एबम साहारा भएकोले पार्टी निर्माणको निमित्त अब वाइसिएल नेपाल भीमफेदी गाउँपालिका कमिटी र पार्टी मिलेर पालिका अन्तरगत भएको भ्रष्टाचार, अनियमिता र बेथिति बिरूद्ध लाग्ने समेत बताए ।

नेकपा माओवादी भीमफेदी गाउँपालिका कमिटी अध्यक्ष बद्री स्याङतानले अहिले माओवादी केन्द्रको बिकल्पमा कुनै क्रान्तिकारी पार्टी नजन्मिएको जिकिर समेत गरे र जनता माझ माओवादी केन्द्र को विकल्प नरहेको समेत बताए । वाईसिएल नेपालले भीमफेदी गाउँपालिकामा विकास निर्माण र सामाजिक कार्य,शिक्षा स्वास्थ्यको निमित्त सदै आवाज उठाउन आवश्यक रहेको समेत बताए ।

कार्यक्रममा वाईसियल मकवानपुर इन्चार्ज कमल अर्यालले अब वासिएलले पार्टी निर्माण तथा पालिकामा हुने भ्रष्टाचार, बेथिती र कुशासनको बिरूद्ध बुलन्द आबाज सहित खबरदारि गर्ने बताए ।

सम्मेलनमा नेकपा माओवादी केन्द्र भीमफेदी गाउँपालिका उपाध्यक्ष प्रितीलाल लामा, आत्माराम मुक्तान, दिपक गोले, सचिव अमृत बललगायत पार्टीका नेताहरूको उपस्थित रहेको थियो । बुद्धि मान बज्युकाे सभाध्यक्षता भएकाे सम्मेलनकाे सन्चालन  विक्रम आले ले गरेका थिए।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु